जिन्दगी 

​ढल्दो साँझसँगै

शून्यप्राय: किनारामा

यात्रुको आशमा टाढा टाढासम्म

बन्द हुनलागेको दृश्टिले

चियाईरहेको बूढो माझिले जस्तै

असिमित अवसादको कसिलो गाँठो

मुटुभरी कसेर

अल्झिरन्छ उहीँ किनारामा

ठोस भएर

बग्नु र अडिनुको दोसाँधमा

सपनाका अत्यासलाग्दा लहर उभ्याएर

आफैभित्र खित्का छोड्नु र पिलपिल गर्नुको सिमानामा

अल्झिरहेछ जिन्दगी

फुल्नु वा ओईलाउनुको असमञ्जसमा ।

तिमीलाई

​सम्झनाको एक थुँगा बोकि उभिन मन छ

तिम्रो समिपमा

बहानामै सहि

तिमिलाइ छुने गरि 

एक न्यानो स्पर्श

तिम्रो स्वासको

सहयात्रा

तिमीसँग मायाको
शिरिसको रंगले रंगिएका

ती आँखाहरुबाट चियाउन मन छ 

सपनाको एक सुन्दर भविष्य

उडेर क्षितिजलाई छुदै

त्यतै कतै

कसैले बाँध्न नसक्ने 

प्रीतको अटुट अँगालोमा

कस्सिएर सजाउने चाह छ 

एक ईन्द्रेणिको शहर

आउ प्रीयसी साँटौ एक मीठो मायाको मुस्कान ।